Grow n Care

 गुलाबकाे कटिंग सार्ने तरिका

सार्ने समयः फेब्रुअरी, जुन - अक्टाेबरकाे अन्त सम्म पनि ।


सफल रूपमा गुलाबकाे कटिंगबाट बिरूवा तयार पर्ने तरिका
1. कटिंग 4 इन्च देखि माथि हुनु पर्छ। 6 इन्छ भित्र हुनु पर्छ।
2. कटिंग काट्दा एकै झड्कामा कटर वा ब्लेडले काट्नु पर्छ । मतलब एकैनासकाे धार बिना छियाछिया पारेर काटेकाे हुनु हुंदैन।
3. कटिंग सकभर पेन्सिल जस्तै माेट्टाे तर धेरै छिप्पिएकाे हुनु हुंदैन। कटिंग सके सम्म केहि गाडा हरियाे हल्का खैराे भएकाे कटिंग राम्राे हुन्छ धेरै कलिलाे बचाउन अलि गाह्राे हुन्छ यसमा फंगल अट्याक्ट चाँदाे हुन्छ।
4. कटिंगलाइ गाड्नु पुर्व 45 डिग्रीमा छड्के काट्नु पर्छ।
5. गुलाब लाइ एसेडिक साेइल मनपर्ने भएकाेले काेकाेपिट वा बालुवा युक्त माटाेमा गाड्नु पर्छ।
6. कटिंग सार्न रूटिंग हर्माेनकाे प्रयाेग गर्दा राम्राे छैन भने नगर्दा पनि हुन्छ। यदि तपाइँ संग एउटा मात्र कटिंग छ भने रूटिंग हर्माेन प्रयाेग गरेकाे राम्राे । रूटिंग हर्माेन 3 प्रकारकाे हुन्छ A, B र C. तपाइँकाे कटिंग कत्राे छ त्यसकाे आधारमा हर्माेन किन्न र प्रयाेग गर्न सक्नु हुन्छ।
युट्युबमा देखाए झै बेसार, सिनामाने पाउडर प्रयाेग नगर्नु हाेला। त्यसले उल्टै फंगल उत्पन्न हुन्छ हामीले प्रयाेग गरेर हेरेकाे।
7. गुलाब गाडेपछि पहिलाे पटक मज्जाले पानी हालि माथिबाट प्लाष्टिक वा बाेटलले छाेपेर सुख्खा घाम नलाग्ने ठाउँमा राख्नु पर्छ। र एक हप्ता वा पालुवा पलाएपछि छाेपेर राखेकाे उघारेर एक दुएदिन साेहि स्थानमा राखेर हल्का पानी दिने र केहि दिन पछि आधा देखि एकघण्टा मात्र घाममा राखि हेर्ने पात लत्रिन लागे अझै केहि दिन घाममा नराख्ने,।
8. गुलाबकाे कटिंग सारेकाे भाडाबाट जरा बाहिर नआए सम्म सार्नु हुंदैन। यदि हतार गरे जरा चुदिंन पनि सक्छ।
9. रिपटिंग वा कटिंग उमारे पछि सार्दा 50% बगैचाकाे माटाे 20% कम्पाेष्ट 30% बालुवाकाे चाेक्कर आवश्यक पर्छ।
10. गुलाबलाइ पानी धेरै भएकाे मन पर्दैन त्यसैले पानी राखेकाे 5 मिनेट भित्र सबै पानी बाहिर निस्कि सक्ने गरि ड्रेनेज हाेल तयार पर्नु हाेला।
नाेटः माथिकाे 6 काे सुझावलाइ स्किप गर्दै सिधै पानीमा पनि कटिंग सार्न सक्नु हुन्छ। बाँकि सबै लागु हुन्छ भने पानीमा सार्दा उज्यालाे नआउने ठाउँमा राखे हप्तामा एकपटक पानी फेर्नु पर्छ । त्यस्तै केहि उज्याले भए 3 देखि 4 दिनमा र धेरै उज्यालाे छ भने प्रत्येक दिन पानी फेर्नु पर्ने अवस्था आउँछ। किन कि उज्यालाेमा पानीमा लेउ ज्यादा पलाउँछ।


Leaf Yellowing Problem and Solutions

तपाइँकाे कुनै पनि बिरूवा किन पहेंलाे र हल्का खैराे हुँदै गएकाे हाेला ।। बिचार पुर्याउनुस् नत्र बिरूवा मर्न पनि सक्छ।
कुनै पनि बिरूवालाइ किन्दा यसलाइ घाम, पानी, माटाे र मलकाे बारेमा जानकारी लिनु अति आवश्यक हुन्छ।
आउनुस् पातमा पहेंलाे, हल्का कालाे वा खैराे दाग देखिने समस्याकाे कारण र त्यहि कारण भित्र समाधानका कुरा गराैं।
बिरूवालाइ किन्दाकाे बखतमा तपाइँलाइ फूल ब्यापारीले भनेझैं घाम पानी र मल भए पुग्छ।
1. बिरूवाकाे तल्लाे भागमा मात्र पहेलाे हुनु सामान्य हाे। माथिबाट पहेलाे, हल्का कालाे र हल्का खैराे हुनु मा सबै भन्दा पहिला किरा लागेकाे छ वा छैन बिचार गर्नुस् यस बाहेकका कारणहरूः
2. पहिलाे कारण फंगस अट्याक्ट,
3. दाेस्राे कारण माटाे धेरै पानी राख्नु वा पानी धेरै बेर सम्म जमि रहनु, त्यस्तै धेरै सुख्खा,
4. तेस्राे कारण ड्रनेज हाेल बन्द हुनु वा बिरूवा सार्दाकाे समयमा ड्रेनेज हाेल लाइ इँट वा बालुवाकाे चाेकर वा कुनै जालि बिना माटाे भरिनु,
5. चाैठाे कारण गमलामा जरा भरिनु,
6. पाँचाै कारण घाम धेरै नचाहिने बिरूवा छायाँमा भएपनि धेरै हिट पर्नु,
7. छैठाैं कारण मल ज्यादा वा हाल्दै नहाल्नु,
8. साताैं कारण डाेरमेनसि अर्थात बिरूवाकाे सुत्ने समय अर्थात बिरूवाकाे अनुकुल बातावरण सकिनु वा सिजन सिद्धिनु।
9. आठाैं कारण साेइल मिक्स गलत तयार हुनु वा बिरूवा अनुरूप माटाे तयार नहुनु।
10. नवाैं कारण गमलामा उज्यालाे तथा हावा आवत जावत पटक्कै नपर्नु पनि एक कारण हुन सक्छ। यसाे बिचार गर्नुस् र पहेलाे भएकाे पातहरू निकालि दिनुस्। बिरूवाले पात पहेँलाे हुन थालेपछि त्यहि पातकाे उपचारमा मात्र लागि रहन्छ। त्यसले बिरूवालाइ भार पर्छ। बिरूवा बिस्तारै मर्न थाल्छ।


सयममा नै बिचार पुर्याउन सके तपाइँकाे बिरूवा फेरी स्वस्थ रहने छ।
हाम्राे अर्काे पाेष्टमा जरा कसरी सफा गर्ने भन्ने बिषयमा कुरा गर्ने छाैं। हाम्राे पाेष्ट मात्र हैन पेज पनि लाइक, कमेन्ट र सेयर गर्नु हाेला ताकि सबैले आफ्नाे बिरूवालाइ बचाइ बातावरण शुद्धता बढाउन मद्दत पुगाेस्।



एयर लेयरिङ्ग निकाल्ने तरिका


कुनै पनि बाेट कटिङ्ग सार्दा मर्छ कि भन्ने डर लागे एयर लेयरिङ्ग हावामा जरा निकाल्ने प्रकृया गर्न सकिन्छ। यसकाे लागि लेयरिङ्ग गर्ने बाेटकाे अाधा छिप्पेकाे र अलिकति टुप्पाे कलिलाे भाग छनाेट गर्नुस् ।
छिप्पेकाे भागमा 2 इन्च जति बिस्तारै बाेक्रा हटाउनुस् । यसरी बाेक्रा हटाउँदा बाहिरी लयेर बाेक्रा मात्र लाइ चक्कुकाे सहायताले काट्ने तर भित्रि भाग भने काटिने गरि काट्नु हुँदैन। 2 इन्च दुरी भएपछि बाेक्रा हटाइ हल्का चक्कुकाे पछाडिकाे भागले डाँठमा रहेकाे चिल्लाेपनलार्इ हटाउने। यसरी चिल्लाेपन हटाउँदा फेरी बाेक्रा बन्न पाउँदैन र काटिएकाे माथिल्लाे भागमा जरा बन्न सुरू हुन्छ।
अब काटिएकाे भाग छाेप्ने गरि काेकाेपिट, कम्पाेष्टकाे मिक्स बनाएर प्लाष्टिककाे झाेला वा कप प्रयाेग गरेर राम्ररी हावा नपस्ने गरि बाँधि दिनुस्। तीनमहिना भित्र याे बिरूवा सार्न तयार हुन्छ।




Main Page