Herbs


तुलसी Holy basil

नामः तुलसी Holy basil
बाेटानिकल नामः असमम टेनुइफ्लाेरम Ocimum tenuiflorum
माटाेः जस्ताे सुकै, बलाैटे माटाे र कम्पाेस्ट
पानीः पानी बिहान बेलुका दैनिक
घामः 15 डिग्री भन्दा माथि।
आयुः तुलसी सिजनल र सदाबहार दुबै हुन्छन् । फुल फुल्न दिए 4 देखि 6 महिनामा मर्छ।
उचाइः 1 देखि 2 फिट
राेगः किराहरूकाे आक्रमण हुन्छ ।

हुर्कने समयः 15 दिन देखि 3 महिना
तुलसी प्रकृतीकाे बर्दान हाे । तुलसीकाे औषधीय गुणकाे बारेमा चर्चा गरि रहनु नपर्ला। बहु औषधिय गुण भएकाे याे बिरूवा जस्ताे सुकै ठाउँ तापमानमा पनि सर्भाइभ गर्छ यदि हेरबिचार राम्ररी गर्याे भने । बिषेश जाडाेमा केयर गर्नु पर्छ।

नेपालीमा पूजा गर्ने बेजिल अर्थात हाेली बेजिल लाइ मात्र तुलसी भन्छन् । तर बास्तबमा सबै तुलसी नै हुन् अंग्रजीमा तुलसीलाइ दुइ भागमा बाडेका छन् । एक holy basil र अर्काे basil. यि दुवै बेजिल यानै तुलसी खान र औषधीकाे रूपमा प्रयाेग संसार भरि गरिन्छ। र गरिंदै आएकाे पनि छ। बेजिल अर्थात तुलसी मिन्टस् परिवारमा पर्दछ।

बेजिल अर्थात तुलसी लाइ दुइ प्रकारले छुट्याउन सकिन्छ।
तुलसी (बेजिल) अहिले सम्ममा 40 प्रकार भन्दा धेरै भेटिएका छन्। हाेलि बेजिल ग्रेग्रीन( खरानी हरियाे- हल्का फुस्राे हरियाे) कलरकाे र हल्का खस्राे पातकाे हुन्छ भने बेजिल गाढा हरियाे र यसकाे पात स्मुथ हुने गर्दछ।
फूल
बेजिलकाे तथा हाेलि बेजिलकाे फूल सेताे नै हुन्छ तर हाेलि बेजिलकाे अर्थात तुलसीकाे फूलकाे काेपिलामा हल्का लावेनडरकाे कलर यानै हल्का पर्पल हुने गर्दछ।
बास्ना
मिठ्ठाे मधुर बास्ना हाेलि बेजिलमा आउँछ।
मसालेदार मिठ्ठाे बास्ना बेजिलमा हुने गर्दछ।
स्वाद
हाेलि बेजिलकाे स्वाद तिखाे र तिब्र हुन्छ जब यसलाइ काँच्चै चपाइन्छ। भने बेजिलकाे स्वाद एकदम मिठ्ठाे र सुमधुर बास्नादार हुने गर्दछ।
खानामा
खानामा तुलसी यानै बेजिललाइ औषधीकाे रूपमा वा मसलाकाे रूपमा प्रयाेग गरिन्छ। मुख्य तह इटालियन खानामा यसलाइ मुख्य रूपमा प्रयाेग गरिएकाे पाइन्छ। यसलाइ अचार यानै पेष्टाे बनाएर पनि पुरै बिश्वमा खाने गरिन्छ। यसलाइ औषधीकाे रूपमा उमालेर पिउने तथा सिधै चपाउने गरिन्छ।
औषधी
तुलसी यानै हाेलि बेजिल अथवा बेजिल दुबै लाइ औषधीकाे रूपमा पनि प्रयाेग गरिन्छ। यसले स्ट्रेस् कम गर्न मद्दत गर्नुकाे साथै स्वासप्रस्वास समस्या, ज्वराे, रूधा खाेकि जस्ता बिरामीहरूमा निकै लाभदायक हुन्छ। यसले हाइब्लडप्रसर हुनबाट बचाउँछ भने सुजन हुनबाट बचाउँछ।


Kalanchoe Pinnata (Patthar Chhata)

नामः  क्यालनकाेइ (कलेन्चाे) पिनाटा Kalanchoe pinnata
बाेटानिकल नामः क्यालनकाेइ पिन्नाटम Kalanchoe pinnatum
माटाेः 5.6 देखि 6.3 PH, बलाैटे माटाे र कम्पाेस्ट
पानीः पानी बिहान वा बेलुका दैनिक तर थाेरै मात्रामा
घामः 10 डिग्री भन्दा माथि। अत्याधिक घामकाे अावश्यक
आयुः 2 वर्ष (हेरचाह राम्राे भयाे भने लामाे समय सम्म।

उचाइः 4 देखि 12इन्छ ।
राेगः किरा र धुसिकाे आक्रमण नगन्य मात्रामा हुन्छ ।
हुर्कने समयः 15 दिन देखि 3 महिना

याे एक बहुअाैषधिय गुण भएकाे बिरूवा हाे यसलार्इ ध्यूकुमारीलाइ गर्ने स्याहार जस्ताे भए पुग्छ। यसलार्इ सार्न निकै सजिलाे पनि छ। एउटा पातलार्इ माटाेमा हल्का छाेपेर वा पानीमा दुवाइ राख्दा पनि 3 देखि 5 वटा सम्म बिरूवा पलाउँछ। ग्यास्ट्रिक र पत्तरीकाे उपचारमा अायुर्वेदमा उपचार गरिन्छ। यसकाे बारेमा पुरा जानकारी नभइ यसकाे प्रयाेग नगर्नु हाेला किन कि हरेक बाेट बिरूवाकाे असर राम्राे र नराम्राे दुबै हुन्छ। 10 डिग्री भन्दा तलकाे अवस्थामा काेठामा राख्नु पर्छ। वा केहिले छाेपेर न्यानाे बनाइ राख्नु पर्छ। यसलार्इ घाम अाउने ठाउँमा इन्डाेर प्लान्टकाे रूपमा पनि राेप्न सकिन्छ।










ओरिगानाे Oregano

नामः ओरिगानाे Oregano
आयुः 2वर्ष भनेपनि धेरै बर्ष बाँच्छ यदि स्याहार गर्नु भाे भने
उचाइ 0.12इन्च देखि 16 इन्च
माटाेः काेकाेपिट 2 पार्ट, 1 पार्ट बालुवाकाे चाेकर, 1 पार्ट कम्पाेष्ट 1 पार्ट लिफमाेल्ड वा मसिनाे काठका टुक्रा। काेकाेपिट छैन भने माटाे पनि प्रयाेग गर्न सक्नु हुन्छ। तर काेकाेपिटमा राम्ररी सर्छ किनकि यसलाइ हाइपिएच PH6-9 भएकाे माटाे मन पर्छ।
तापक्रमः 10 डिग्री सेल्सियस भन्दा माथि
प्रकारः मसला तथा औषधिजन्य
मलजलः मल पहिलाेपटक राखेकाे 3 महिनामा एकपटक राखे पछि यसैकाे पातले यसलाइ मल पुग्छ यदि सबै पात टिप्नु भएन भने। हैन सबै पात टिप्नु भाे भने 3-3 महिनाकाे फरकमा राख्नु पर्छ। पानी बिहान बेलुका माटाे सुख्खा वा पात खम्चिएकाे देखियाे भने।
अाेरिगानाे इटालिकाे मसलाकाे एक मेरूदण्ड हाे। यसले पिज्जामा ज्यान थप्ने काम गर्छ भने अन्य खाना जस्तै अम्लेट तथा पास्तामा राखेर खाँदा निकै मिठाे हुन्छ।

 

Mints पुदिना

नामः पुदिना (Mints)
बाेटानिकल नामः मेन्था (Mentha)
उचाइः 10 देखि 120 से.मि
प्रकारः औषधिय
तापक्रमः पूरा तथा केहि छायाँ युक्त घाम
पानीः बिहान बेलुका पर्याप्तमा मात्रामा (माटाेसुकेकाे अवस्थामा)
माटाेः राम्राे ड्रेनेज हाेल हुने गरि बलाैटे कम्पाेष्ट युक्त,
मलः प्रत्येक 3 महिनामा
सार्ने तरिकाः बीउ तथा कटिंग
फूलः हल्का प्याजि, गुलाबी तथा सेताे रंगकाे
हेरचाह तथा रेखदेखमा खासै समय लगाउनु नपर्ने याे पुदिना बहु औषधिय गुणकारी बिरूवा हाे। यसलाइ सार्न निकै सजिलाे पनि छ। पानीमा यसकाे टुप्पामा मात्र बाँकि हुने गरि बाँकि पात निकालेकाे सिन्कालाइ दुवाइ राख्दा 15 दिन सम्ममा जरा पलाउँछ। साधारण माटाेमा नै पलाउने याे पुदिना ग्याष्ट्रिककाे अचुक औषधि पनि हाे। भारतिय तथा नेपाली खाना तथा अचारमा महत्वपूर्ण भूमिका खेल्छ। यसकाे तेल ग्याष्ट्रिककाे उपचारमा प्रयाेग गरिन्छ। यसकाे पातकाे अचार मात्र हैन यसले स्वासप्रश्वास समत राम्राे बनाउँछ। पुदिनालाइ चियामा समेत राखेर खाँदा निकै स्वादिस्ट बन्छ।




Main Page