Cocopeat काेकाेपिट
काेकाेपिट माटाे जस्तै सर्म्पूण तत्व मिसिएकाे प्राकृतिक तत्व हैन। याे प्राकृतिक रूपमा उत्पादिन नरिवलकाे जट्टालाइ कुहाइ, सुकाएर यसकाे जट्टाकाे धुलाे पारि पुन कम्प्रेश गरेर बजारमा उपलब्ध गराउने एक अत्याधिक पीएज भएकाे मिडिया साेइल हाे। हाे, याे मिडिया यानै बाेट बिरूवा उमार्न सक्ने एक माध्यम।
काेकाेपिटमा बाेटबिरूवालाइ चाहिने अावश्यक तत्वहरू नहुने भएकाेले यसमा तत्वहरू मिसाउनु जरूरी हुन्छ। यसले पानी संचित गरि राख्ने भएकाेले यसबाट अनावश्यक पानी बाहिर जान पर्लाइट वा बर्मिकाेलाइट वा बालुवाकाे चाेकर वा इँटका चाेक्कर बनाएर प्रयाेग गर्नु पर्छ। मल यसमा कम्पाेष्टकाे प्रयाेग गर्न सकिन्छ भने रासायनिक पनि प्रयाेग गर्न सक्नु हुन्छ। माटाेमा जस्तै मल नहाले पनि बिरूवा त उम्रन्छ तर बिरूवाकाे बिकास राम्ररी हुँदैन यदि मलखाद राम्ररी दिनु भएन भने।
काेकाेपिटकाे ब्लक कसरी साेइल बनाउने?
काेकाेपिटकाे ब्लकलाइ सकभर ताताेपानीमा 2-5 घण्टा भिजाएर निचाेरेर सुकाइ प्रयाेग गर्न सकिन्छ। यसकाे पानी फेरी प्रयाेग गर्नु हुँदैन। किन कि यसलाइ समुद्रकाे जमेकाे पानी प्रयाेग गरेर बर्षाैं सम्म डुबाएर राखिएकाे हुन्छ। यदि ताताे पानी प्रयाेग गर्न सम्भव नभए चिसै पानी पनि प्रयाेग गर्न सक्नु हुन्छ।
काेकाेपिट साेइलकाे मात्रा
कुनै पनि साधारण बिरूवाकाे लागि
काेकाेपिट 50%
पर्लाइट वा बालुवाकाे चाेक्कर र इँटकाे चाेक्कर 20% र
कम्पाेष्ट 20%
लिफ माेल्ड वा हड्डीकाे धुलाे10%
अाधा चम्चा फंगिसाइट प्रयाेग गर्नु राम्राे हुन्छ। हड्डीकाे धुलाे वा लिफमाेल्ड नपाए कम्पाेष्टकाे मात्रा 30%
बनाउन सक्नु हुन्छ। काेकाेपिटमा पानीकाे मात्रा ज्यादा हुने हुँदा पानी कम चाहिने बिरूवामा अावश्यकता हेरी पर्लाइट वा बालुवाकाे चाेक्करकाे मात्रा थपघट गर्न सकिन्छ।