Orchid

 Epidendrum radicans

Epidendrum radicans also known as Fire-star orchid.
यसकाे खासियत भनेकाे अन्य बिरूवाकाे जस्ताे जरा हुँदैन। हाँगा जस्ताे अाएर जराकाे रूप लिन्छ। राेप्न तथा हुर्काउन निक सजिलाे याे बिरूवालाइ काठकाे टुक्रा वा रूखकाे बाेक्रा वा काेकाेपिटकाे बार्कमा लगाउन सकिन्छ। काेकाेपिटकाे बार्कमा लगाउँदा भने कम्पाेष्टकाे प्रयाेग गर्नु पर्छ भने काठका टुक्रा वा रूखकाे बाेक्रामा भने केवल बिहान बेलुका पानी र पर्याप्तमात्रामा घाम भए पुग्छ। स्याहार सुरसार पनि गर्नुपर्दैन। यसमा कमिलाले दुख दिने भएपनि बिरूवालाइ कुनै हानी पुग्दैन। निकैनै मनमाेहक फूल फूल्ने याे बिरूवा नेपालमा पनि धेरैले मनपराएकाे एउटा बिरूवा हाे। जसलाइ धेरै नामले चिनिन्छ र धेरै रंगमा पाइन्छ।


Main Page