उचाइः लाेकल 3-4 मिटर, हाइब्रीड 1-2 फिट
माटाेः जस्ताे सुकै बलाैटे र कम्पाेष्ट युक्त
आयुः एकपटक राेपेपछि नफाले सम्म तपाइँकाे साथ रहन्छ।
मलः राेपेकाे 3 महिना पछि प्रत्येक 3 महिनाकाे फरकमा
पानीः माटाे सुके जस्ताे भएपछि माटाे भिज्ने गरेर दिने
रंगः यसकाे धेरै रंग भएपनि नेपालमा प्रिय भनेकाे राताे र पहेंलाे पूजाकाे लागि प्रयाेग गरिन्छ।
हावापानीः नेपालमा जस्ताे सुकै हावापानीमा पनि याे मज्जाले हुर्कन्छ।
सार्ने तरिकाः कटिंगबाट वा बीउबाट सर्छ।
कटिंग सार्ने समयः फागुन देखि श्रावण सम्म
सार्ने समयः भदाै देखि असाेज सम्म
फूल्ने समयः कार्तिककाे अन्त्य देखि पुष सम्म।
फूलफूलिसकेपछि फेरी अर्काे वर्ष अाउँछ? -ः फूल फुलेर बाेट सबै खालि हुन्छ, पात झर्छ। हेर्दा बाेट मरेझैं हुन्छ तर अर्काे वर्ष फेरी नयाँ पालुवा पलाउँछ।
नेपालमा याे फूल विषेश गरेर भगवान गणेश र भैरबकाे प्रिय फूल मानेर चढाउने गरिन्छ भने बिदेशमा यसलाइ सजावटकाे लागि प्रयाेग गरिन्छ।
एजेलिया Azalea
बाेटानिकल नामः राेडाेडेन्डाेरन Rhododendron
प्रकारः माटाेकाे हिसाबमा यसलाइ दुइ भागमा बढ्न सकिन्छ। माटाेमा उम्रने एजेलिया र लिफमाेल्डमा उम्रने एजेलिया
तापक्रमः 10 डिग्री सेल्सियस भन्दा माथि 35 भन्दा कमउचाइः 3 फिट सम्म
माटाेः 5-7PH
माटाेकाे प्रकारः पातपतिंगरकाे धुलाे वा माटाे
लगाउने महिनाः फ्रब्रुअरी देखि सेप्टेमबर सम्म।
कटिंग लगाउने समयः जून र सेप्टेम्बर
पानीः गर्मिमा दिनमा 2 पटक जाडाेमा माटाे सुख्खा भए 1 पटक
घामः दिनमा 1-2 घण्टा मात्र।
के एजेलिया मर्छ?
एजेलिया हतपत मर्देन। कुनै पातपतिंगर भएको गमला वा प्लाष्टिकमा सितल ठाउॅमा राखी छाेपी राख्यो भने 3 महिना सम्म पनि जाउॅदै रहन्छ।
माटाे तयार पर्ने तरिकाः
एजेलिया दुइप्रकारका पाइन्छन् एउटा माटाेमा हुर्कन वा उम्रने र अर्काे लिफमाेल्ड यानी पातपतिंगरमा उम्रने। एजेलियालाइ खासै मलकाे अावश्यकता रहंदैन। यसले पातबाटै सबै पाेषक तत्व लिने गर्छ।
पात छान्दा चाँडै नकुहिने पातकाे छनाैट गर्नु पर्छ, जस्तै बाक्लाे पातहरू, अम्बा, साल, पिपल, लिच्चि अादि लगायत गाउँघरमा भेटिने चाँडै नकुहिने पातलाइ घाममा सुकाएर हातले माडेर धुलाे पारी केहि मात्रामा पात भिजाइ 7 दिन देखि 1 महिना सम्म कुनै प्लाष्टिकमा पाेकाे पराेर राख्ने र यसलाइ माटाेकाे रूपमा प्रयाेग गर्न सकिन्छ। साथै एउटा बिरूवाकाे लागि माटाे तयार पार्दा, बालुवा तथा बालुकाेकाे चाेक्कर दुइ मुठ्ठी, काेकाेपिट एकमुठी, इँटकाे मसिनाे बालुवाकाे चाेकर अाकारका एकमुठी प्रयाेग गरेर राम्राे ड्रेनेजकाे लागि पिढमा भएकाे प्वालमा केहि इँट तथा गमलाकाे टुक्राले पानी जाम नहुने गरि छाेपेर पटिंग मिक्स तयार पारी बिरूवा लगाउन सक्नु हुन्छ। एजेलियाले धेरै गर्मि सहन सक्दैन यसलाइ चिसाे मनपर्छ त्यसैले धेरै घाममा नराख्नु राम्राे हुन्छ। रिपटिंग गर्दा बिरूवाकाे साइज अनुसार भाडाकाे छनाैट गर्नु पर्छ।
Avocado
एभाेकाडाेमा आउने समस्या र समाधान
बिभिन्न कारणले एभाेकाडाेमा समस्या देखिन्छ। र सबैभन्दा बढि देखिने समस्या भनेकाे फूल टन्नै फूल्ने फल पनि लाग्ने तर झर्ने याे बसै भन्दा ठूलाे समस्या बनेकाे छ नेपालमा।
हामीले बारम्बार कमेन्टमा माटाेकाे कारणले भन्दै आएका पनि छाैं। माटाेकाे अलावा अन्य कारणहरू पनि छन्।
1. एभाेकाडाेकाे फल झर्नुकाे मुख्य कारण भनेकाे माटाे पहिलाे हाे।
क) माटाेमा बिरूवाकाे जरा राम्ररी फैल
न नपाउनु।
तपाइँले एभाेकाडाे साधुँराे जमिनमा लगाउनु मुख्य कारण पनि एक हाे। एभाेकाडाेकाे जरा राम्ररी फैलन नपाएपछि यसले जमिनबाट बिरूवालाइ चाहिने आवश्यक पाेषक तत्वहरू लिन सक्दैन किन कि यसकाे जरा खुम्चन थाल्छ। जरा फैलिन नपाएपछि यसकाे बिकास भएकाे देखे पनि यसले फल दिन सक्दैन। किन कि फल लाग्ने बेलामा बिरूवालाइ बढि भन्दा बढि पाेषक तत्वकाे आवश्यक पर्छ। र माटाेकाे ड्रेनेज राम्राे हुनु पर्छ। हामीले बिरूवा जमिनमा गाडेका छाैं। ड्रेनेजकाे चासाे लिनु पर्दैन भन्ने साेच्छाैं तर जमिनमा राेपे पनि यसलाइ राम्राे ड्रेनेज हुने माटाेकाे आवश्यक पर्छ। माटाे धेरै कडा खालकाे छ भने पनि फल झर्छ।
ख) पानी अत्याधिक हुनु वा हुँदै नहुनु
एभाेकाडाेलाइ धेरै माेस्चर चिसाे पन मनपर्दैन र सुख्खा पनि मन पर्दैन जसकाे कारणले यसले आफूमा आइपरेकाे समस्या फल झारेर देखाउँछ। पानी कम वा बढि भएपनि फल झर्छ।
ग) फंगल इन्फेक्सन
फल राम्ररी लागि रहेकाे बेला अकस्मात कालाे पर्नुकाे साथै चाउरिन थाल्छ । यसकाे प्रमुख कारण फंगल इन्फेक्सन अर्थात धुसी पर्नु हाे। जमिनमा पानी अत्याधिक हुनु वा जमि रहुनुकाे कारणले फंगल एट्याक्ट हुन्छ र फल झर्छ।
घ) किराकाे प्रकाेप
किराकाे प्रकाेपकाे कारण पनि एभाेकाडाेकाे बिरूवा बाट फल झर्न थाल्छ।
ङ) प्रुनिंग
एभाेकाडाेमा ज्यादा फल पाउन बेला बेलामा प्रुनिंग गर्नु पर्छ। बिषेशतह जाडाे महिनाकाे अन्तमा वा गर्मिकाे अन्तमा यसकाे प्रुनिंग गर्दा फल धेरै फल्छ। यदि बिरूवालाइ अग्लाे बनाउन चाहनु हुन्छ भने जमिनमा सारेकाे 1 वर्ष पछि मात्र प्रुनिंग गर्नु राम्राे हुन्छ।
च) माटाेकाे प्रकार
एभाेकाडाेलाइ हाइपिएच भएकाे माटाेकाे आवश्यक पर्छ कम्तिमा पनि 7पीएच भएकाे माटाेमा एभाेकाडाे राेप्नु राम्राे हुन्छ।
छ) पानी राख्ने तरीका
हप्तामा 2-3 पटक मात्र जम्मा 7-8 लिटर एकटाइम माैसमकाे आधारमा।
ज) मल
एभाेकाडाेकाे बिरूवालाइ जाडाे महिनाकाे अन्तमा एक पटक र गर्मिकाे सुरूवातमा एकएक पटक हाइ नाइट्राेजन युक्त कम्पाेष्ट मल हाल्नु पर्छ। बिरूवा दाेस्राे वर्षमा प्रवेश गरे पछि पहिलाे वर्षामा 1 केजि मल राखेकाे छ भने दाेस्राे वर्षमा 2 केजी मल हाल्नु पर्छ।
झ) याद गर्नु पर्ने कुराहरू
1. एभाेकाडाेकाे बिरूवाकाे 3/3 फिट सम्म खुल्ला हुनु पर्छ।
2. एभाेकाडाेकाे बिरूवाकाे वरिपरी कुनै पर्खाल हुनु हुन्न जसले गर्दा हावा अबरूद्ध हाेस्।
3. एभाेकाडाेकाे बिरूवाकाे वरिपरी कुनै ठूलाे रूख हुनु हुंदैन। जसकाे जराले एभाेकाडाेकाे बिरूवालाइ बढ्न दिंदैन र साथै तिब्र हावा आउँदा एकआपसमा थाेकिन जान्छ र समस्या आउंछ।
4. मल तथा पानी दिँदा सदैब याद गर्नुस्।
5. एभाेकाडाेकाे बिरूवालाइ घाम र ताताे मन पर्ने हुनाले दिनभरी घाम लाग्ने र घाम नछेकिने ठाउँमा यसलाइ लगाउनु पर्छ।
रजनीगन्धा Tuberose
बाेटानिकल नामः ट्युबराेसा Tuberosa
राेप्ने समयः फेब्रुअरी
फूल्ने समयः जुन जुलाइ देखि नाेभेम्बर सम्म
उचाइः 2 देखि 3 फिट
माटाेः सुख्खा बलाैटे कम्पाेष्ट
राेगः हामीले राेपेकाेमा अहिले सम्म लागेकाे त छैन तर गाेल्डेन बगले बेला बेलामा सताउँछ।
बल्बः बल्बलाई सुकाएर वा माटाेमै गाडेर पनि यसकाे संरक्षण गर्न सकिन्छ। याे मर्दैन।
----------------रजनीगन्धा Tuberose------------------
रजनीगन्धा निकै नै बास्नादार बनस्पति हाे। धर्मशास्त्रलाई हेर्ने हाे भने याे माता लक्ष्मीकाे अति नै प्रिय फूल पनि मानिन्छ। हावा चल्दा निकैनै बास्नादार फैलाउने याे बिरूवालाई अत्याधिक घामकाे आवश्यकता पर्छ। घाम भएकाे ठाउँमा जाडाेमा पनि बाँच्छ तर मर्छ भन्न खाेजेकाे भने हैन। जाडाेमा बढ्दैन र फूल्दैन। माटाे जस्ताे सुकै तर बलाैटे र सुख्खा भइहाल्ने खालकाे अनि कम्पाेष्ट वा रासायनिक दुवै दिन सकिन्छ। फेब्रुअरीबाट यसले आफ्नाे नयाँ पालुवा निकाल्न थाल्छ र जुन जुलाइमा बास्नादार सेताे फूलले तपाइँकाे बगैंचा मनमाेहक बनाउाछ। भारतमा यसकाे खेति गरिन्छ। उनिहरू श्रीमतीलाई माया देखाउन यसकाे माला किनी दिने चलन पनि छ। नेपालमा भने यस्ताे प्रचनल पाइन्न। यदि राेप्ने भाँडा छ भने जति बेला पनि यसलाई राेपेर राख्न सक्नु हुन्छ तर जति बेला राेप्नु वा सार्नु भएपनि फूले चाहिं जुन देखि नाेभेम्बर सम्म मात्र हाे।
Giloy काे बारेमा केहि जानकारी :
घर वरिपरि वा गमलामा रोपेर नियमित प्रयोग गर्न सकिने लहरे जडिबुटी हो गुर्जो, जसलाई अमृता (यसले अमृत समान काम गर्दछ) भनिन्छ । यसको लहरा लामो समय सम्म नसुक्ने हुन्छ ।
लाभहरु:
१. गुर्जो शितल गुण भएकोले यसले गर्मीबाट टाउको दुखेको, आँखा, पिसाब, पैताला, हात- खुट्टा तथा जीउ पोलेको र पुरानो ज्वरोलाई अत्यन्तै उपयोगी छ ।
२. यसले जन्डिस, कलेजोको कमजोरी र विकारलाई हटाउँदछ ।
३. किड्नीको दुर्बलता तथा फोहोर -विकारलाई हटाएर पिसाब सम्बन्धि सम्पुर्ण समस्या (रोग) हरुमा धेरै लाभ पुऱ्याउँदछ ।
४. युरिक एसिड तथा वाथ र जोर्नी दुखाइको समस्याहरुमा गुर्जो लाभकारी छ ।
५. रक्तविकार (रगतको फोहोर खराबी) हटाउँदछ साथै रक्तअल्पता (रगतको कमी ) हुन दिदैन् ।
६. अम्लपित्त –अमिलो पानी मुखमा आउने र पेट पोल्ने उल्टी आउने बिरामीलाई निकै उपयोगी छ ।
७. टि.बी. (क्षयरोग) का किटाणुहरुलाई समेत गुर्जोले रोक्ने काम गर्दछ ।
८. गुर्जो इम्युन पावर बढाउन अत्यन्तै उपयोगी छ । त्यसैले गुर्जोले कोरोना, स्वाइन फ्लु, वर्ड फ्लु, डेंगु , भाइरस, जिवाणु किटाणु तथा विषाणुहरुलाई समेत रोक्ने साथै लड्ने क्षमता बढाउँदछ ।
९. गुर्जोले इन्सुलिन उत्पादनमा सहयोग गरी मधुमेहमा लाभ पुऱ्याउँदछ ।
१०. उच्च रक्तचापको रोगीलाई पनि यसले धेरै फाइदा पुऱ्याउँदछ ।
११. गुर्जोको प्रयोगले मुटुलाई बलियो बनाई मुटु सम्बन्धि रोगमा फाइदा गर्दछ ।
१२. गुर्जो सबै किसीमका रोगी र निरोगीले पनि प्रयोग गर्न सकिने जडिबुटी खुराक पनि हो। ।
सेवन गर्ने विधि :
"कच्चा वैद्यको मात्रा , यमपुरीको यात्रा"
त्यसैले विधि तथा मात्रा उमेर , व्यक्तिको अवस्था तथा प्रकृति हेरेर मुल्यांकन गरेर सेवन गर्नुपर्ने भएकोले जडिवुटी प्रयोग गर्दा अनुभवी वैद्यको सल्लाहा र रेखदेखमा मात्र प्रयोग गर्नुहोस्।
१. सामान्य अवस्थाको रोगी वा निरोगी व्यक्तिले तल दिइएको विभि अनुसार गुर्जोको सेवन गर्न सकिन्छ । तर व्यक्तिको उमेर र रोगको अवस्था अनुसार फरक मात्रा र विधिबाट प्रयोग गर्नुपर्दछ । अनुभवी वैद्य वा आयुर्वेदिक डाक्टारको सल्लाह अनुसार प्रयोग गर्नाले पूर्ण रुपमा लाभ पाउन सकिन्छ ।
२. ताजा गुर्जोको लहरा (काण्ड) १० देखि ३० ग्राम सिलौटो (खल) वा मिक्स्चरमा पिसेर पानी राखी उमाल्ने आवश्यकता अनुसार अन्य जडिबुटी तथा मसला पनि संगै उमाली रस छान्ने । त्यसपछि १ चम्चा मह वा मिश्री मिलाएर नियमित विहान पिउने ।
३. बेलुकी पिसेर पानि मिलाएर राख्दा विहान भाँडोको पिंधमा सेतो मिश्रीको धुलो जस्तो सेतो (गिलोय सत) जमेको हुन्छ । त्यस सतलाई मात्र खाए पनि हुन्छ ।
४. टुक्रा बनाएर सुपारी जस्तै चपाउँदै खान पनि सकिन्छ ।
५. हप्तामा १—२ पटक मात्र गुर्जोको जु्स पिउन सकेमा पनि धेरै लाभ मिल्दछ ।
६. सुकेको गुर्जोको धुलो ४ देखि १० ग्राम १ चम्चा मह वा मिश्री तातो पानीमा मिलाएर विहान बेलुका सेवन गर्ने ।
७. ताजा गुर्जोको सेवनले कम्तीमा ३ -४ महिना भित्र शरीरमा अद्भुत परिवर्तन ल्यउँदछ ।
ध्यानदिनु पर्ने कुराहरु :
१. प्रेसर लो छ भने हरियो बोक्रा फालेर मह , मिश्री , सखर वा विरेनुन मिलाएर आधा मात्रा खाने ।
२. गर्भवती , दुधपान गराइरहेका आमा , ५ बर्ष मुनिका बच्चा , पखाला लागेका विरामीले प्रयोग गर्नु हुँदैन ।
३. चिसो लागेको र संवेदनसिल तथा कमजोर (जीर्ण) अवस्थाका विरामीले उमालेर छानेर सेवन गर्नु पर्दछ, आदि भनिएको छ।